कोरोनाले निम्त्याएको संकट : अमेरिकामा बेरोजगारी बीमा आवेदन गर्नेको संख्या १० लाखभन्दा बढी

कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण संयुक्त राज्य अमेरिकामा रोजगार बीमाका लागि आवेदन दिनेको संख्या अत्याधिक छ । पछिल्लो समय बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन दिइरहेको बताइएको छ ।

आवेदन दिनेको संख्या कम्तीमा पनि ११ लाख पुगेको विभिन्न समाचारहरुमा उल्लेख गरिएको छ ।

गएको पाँच महिनामा अमेरिकामा कोरोना भाइरसको प्रकोप देखिएको छ । यहाँ हाल कम्तीमा पनि ५६ लाख नागरिकलाई कोरोनाको संक्रमण पुष्टि भएको छ । जसका कारण यहाँको अर्थतन्त्र तथा रोजगारीहरुमा पनि नराम्रोसँग ह्रास आएको छ ।

यहाँको सरकारले महामारी बेरोजगार सहायता पनि दिइरहेको छ । सो सहायता अन्तर्गत यो बीमा पनि पर्दछ । त्यसैले नागरिकहरुले पहिलो पटक यति धेरैले यो फारम भरेका हुन् ।

अमेरिकामा कारोना भाइरसको प्रकोप अहिलेकै दरमा बढ्दै जाने हो भने बेरोजगार नागरिकहरुको दर पनि ठूलो मात्रामा बढ्दै जाने यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *