काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
नेता नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । गत बिहीबार नेपालको परिवारका सदस्यहरु सहित सबैको स्वाब संकलन गरिएको थियो । शुक्रबार राति आएको परीक्षण रिपोर्टमा नेता नेपालसहित उनको परिवारका सदस्यहरुलाई भने संक्रमण देखिएको छैन ।
कोरोना संक्रमण पुष्टि भएपछि सबै सुरक्षाकर्मी आइसोलेसनमा राखिएको छ ।
यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षमा खटिएका ६ जना सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको थियो ।