राष्ट्रकविको निधनप्रति नेपाली साहित्य परिषदद्वारा शोक ब्यक्त

बिर्तामोड । नेपाली साहित्य परिषद झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । परिषदका अध्यक्ष देवेन्द्रकिशोर ढुंगानाले मंगलबार शोक वक्तव्य जारी गर्दै जनप्रिय स्रष्टा घिमिरेको निधनले स्तब्ध भएको बताएका छन् ।

‘महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक जनप्रिय स्रष्टा राष्ट्रकवि माधव घिमिरेको मंगलवार साँझ ५:५५ बजे उहाँकै निवासमा स्वर्गारोहण भएको समाचारले स्तब्ध भएको छु, आज नेपाली समाजले साहित्यको युग-पुरुष गुमाएको मेरो बुझाई छ’, वक्तव्य भनिएको छ, ‘नेपाल र नेपालीले साहित्य क्षेत्रको ध्रुवतारा अस्ताएको पीडा बोध गर्दै होलान् ! यो हाम्रो लागी अपुरणीय क्षति हो, जसको भरपाई सायद आउने सयकडौं-हजारौं वर्षसम्म असम्भव होला ।’

‘अनेकौं लेख-रचना, अनुवादहरु, पुस्तकका रचनाकार, प्रकाशक, लेखक एवं सयकडौं मान, पदवी, विभुषण, सम्मानले विभुषित श्रद्धय राष्ट्रकवि घिमिरेलाई सतसत नमन एवं आश्रुपुरित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं !’ वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा साहित्य क्षेत्रमा स्वर्गीय घिमिरेले गरेको लगानी, योगदान र मार्गदर्शनले युगौं-युगसम्म मुलुकलाई सुर्यको किरण झैं मार्गदर्शन गरिरहने उल्लेख छ ।

‘डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले
बोकी ल्यायो बकुल वनको वास मीठो हावाले ।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुह्ँली
गोठालाले वनवन डुली हाल्न थल्यो सुसेली ।।’

सतसत नमन !! भावपूर्ण आश्रुपुरित हार्दिक श्रद्धाञ्जली !!

घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा १०१ वर्षको उमेरमा निधन भएको थियो । वि.स.१९७६ असोज ७ गते लम्जुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका घिमिरेका दर्जनौँ कृति चर्चित छन् । उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैत-वैशाख काव्यसङ्ग्रह चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *