कोरोनाबाट एकैदिन सात जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । कोरोनाबाट पछिल्लो पछिल्लो २४ घण्टामा मात्र सात जनाले ज्यान गुमाएका हुन् ।

काभ्रे, धनुषा, नवलपरासी, मोरङ, बाँके र कास्कीका एक-एक पुरुष र तनहुँकी एक महिला गरी मंगलबार सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २८ हजार २७५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *