काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप तीन जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष, काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ।