नेपाल-भारत बैठकमा सिमा विवाद र अयोध्याको चर्चा

Last Updated Date:

  • देवेन्द्रकिशोर ढुंगाना

नेपाल भारतबीच सोमबार हुन गईरहेको सचिव स्तरीय बैठकमा सिमा विवाद र अयोध्या मन्दिरको साथै अन्य विद्यमान दुई देशका विवादलाई पनि उठाउने सम्भावना प्रति नेपाली राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ  । दूई देश बीच केही दिनदेखि बढ्दै गएको दुरीलाई ध्यानमा राखेर हुने यो बैठक अर्थपूर्ण हुनेछ भन्ने आमजनको आशा छ  ।

भदौ १ गते हुने भनिएको यस बैठकमा दुई देश बीचको विवादित समस्या माथी चर्चा हुने छ  । यो बैठक नेपालमा हुने भएकाले पनि सबैका लागि चासोको बिषय रहेको छ  । नेपालमा हुने यो बैठकमा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिब शंकर दास बैरागी र भारत सरकारको तर्फबाट नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रले नेतृत्व गर्नेछन्  ।

यस सन्दर्भमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार यो दुई देश बीचको नियमित बैठक़ हो  । उनले भने “नेपाल र भारतको बीच संयुक्त निरीक्षण संयन्त्र अथवा ज्वाइन्ट ओभरसाईट मेकानिज्मको बैठक पनि हुने छ  । तर अहिले यस बैठकको कार्य तालिका तय भएको छैन ।

भारतीय दूतावासको श्रोत अनुसार भाद्र १ गते हुने बैठकको निर्धारित तिथी भई सकेको छ । यस नियमित बैठकमा बिकास साझेदारीको बिषयमा पनि चर्चा हुने छ । दूतावास श्रोतले भनेको छ “बैठकमा द्विपक्षीय छलफल बीच अनौपचारिक रूपबाट सिमा विवाद तथा अयोध्याका बिषयमा चर्चा उठ्न सक्छ तर त्यो मुख्य बैठकको हिस्सा हुने सम्भावना न्यून छ । बैठकमा भारतको तर्फबाट यो बिषय कार्य सूचीमा रहेको छैन ।”

त्यसो त परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सिमा बिबाद तथा अयोध्याको बिषयमा भारतीय पक्षसँग कुराकानी गर्ने प्रयासकको वातावरण तयार गर्न लागेका छन् । यसका लागि परराष्ट्र मन्त्री ज्ञवाली भारतीय दूतावासलाई पनि मधस्थता बनाई रहेका छन् । तर भारत पक्ष चाँहि उनको यो चाहना प्रति रिस्पोन्स दिएको नदिएकोमा उनले आपत्ति जनाएका छन् ।

केही दिन अघि मात्रै गृहमन्त्री रामबहादुर थापा बादलद्वारा आएको सिमा सम्बन्धी वक्तव्यले दुई देशको सम्बन्धमा केहि तिक्तता सिर्जना भएको छ । तापनि लामो अन्तराल पछि हुन गईरहेको नेपाल भारत बीचको द्विपक्षीय बैठक सकारात्मक हुनेमा अपेक्षा गरिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top