देवेन्द्रकिशोर ढुंगानाहामी सम्भावनाका घेराभित्र
मौनता साँधेर बाँचेका छौ
आत्म दाह र पराधिनताको बिरुध्द
युद्ध लडनुको बिकल्प
अनगिन्ति मौनतालाई कुल्चेर
छाती थापी दिने हाम्रो स्वाभिमान
र बहादुरीको
बर्चस्वलाई बचाउन बाहेक
हामीसँग
जड शान्ति र बुध्दको समर्पण
मण्डित छ ।
राता मान्छेहरु पाइतालाहरुमा
सास फुकेर
संघर्षशील यात्रामा
मनभरी आँधी सल्काएर
अनन्त दौडसम्म
अनिवार्य मौन भई दिनु पर्ने ।
स्मृतिलाई रातो खोपीमा राखेर
मृत्यु वरण गर्नुपर्ने
सम्पूर्ण आकाँक्षाको गहिराईभित्र
नजन्माऊ महाभारतका प्रहरहरु
दुर्घटनामा मर्नेहरु अस्वीकार्य
स्वच्छताभित्र पनि दुर्गन्धित छ।
हामीलाई अँध्यारोमा साटासाट हुने
मौनतालाई सजाउनु छ
मौनलाई भावनाको कदरमा टाँगेर
मौनतालाई सम्मान दिनु पर्ने
बन्चरोले घुँडा ताक्ने हाम्रो परम्परा
र जड्यौरीलाई
खापैखापमा थन्काएर
छाती थापी दिनु पर्ने
हाम्रो बहादुरी
बम, गोला र बारुदले
अब समयलाई बदल्न
एक पटक बेस्सरी धक्का दिन उठौं।
– भद्रपुर (झापा )