उपत्यकामा कोरोना कहर : शुक्रबार ११९ जना संक्रमित थपिए

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दैनिक रुपमा बढिरहेको छ । लकडाउन खोलेसंगै उपत्यकामा कोरोना संक्रमितको संख्या लगातार बढेको हो । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा थप ११९ नयाँ संक्रमित भेटिएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना संक्रमित थपिएका छन् ।

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै काठमाडौँ प्रवेश गर्ने नाकामा आवतजावत कडाइ गरिएको भएपनि संक्रमितको संख्या घटेको छैन । संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उपत्यकाका तिनै जिल्लाका स्थानीय सरकारले अघोषित ‘लकडाउन’ नै गरेका छन् । यातायातमा पुनस् जोर(विजोर प्रणाली लागू गरिएको छ भने सरकारी कार्यालयहरुमा कर्मचारीलाई दुइ या तीन सिफ्टमा काम गराइएको छ ।

लकडाउन खुलेसंगै उपत्यका प्रवेश गर्नेको संख्या अत्याधिक रुपमा बढेपछि संक्रमणको जोखिम बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *