कोरोना अपडेट : संक्रमितको संख्या २५ हजार नाघ्यो, पछिल्लो घण्टामा ५९४ जनामा संक्रमण

काठमाडौँ । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिरहेका बेला पछिल्लो २४ घण्टामा थप ५९४ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २५ हजार नाघेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ५७५ पीसीआर परीक्षणमा ५९४ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार योसहित नेपालमा कूल संक्रमितको संख्या  २५ हजार ५५१ पुगेको छ ।

कोरोना संक्रमणको जोखिम बढिरहेका बेला कोरोना जित्नेको संख्या पनि बढिरहेको छ । हालसम्म १७ हजार ७७ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेका छन् । पछिल्लो २४ घण्टामा थप २४० जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।

अहिले मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ३७५ छ । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६३८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ९१३ जना रहेको छ ।

त्यसैगरी, नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । शुक्रबार थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *