गोविन्द गौतम र मेलिना राइको ‘भेटौँ शनिबार’ सार्वजनिक (भिडियोसहित)

Last Updated Date:

काठमाडौं । गायक गोविन्द गौतम र गायिका मेलिना राइको स्वरमा सजिएको गीत ‘भेटौँ शनिबार’को भिडियो सार्वजनिक भएको छ ।

कुमार कार्कीको शब्द/संगीत तथा कृष्ण भान्जाको एरेन्ज रहेको उक्त गीतको म्युजिक भिडियो गोविन्द गौतमको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको हो ।

भिमसेन अधिकारी र खमेश श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा सन्ध्या बुढा (काउली बुढी), गोविन्द गौतम, अर्जुन सिलवाल, एलिशा गिरी लगाएतका कलाकारले अभिनय गरेका छन् ।

गीत र भिडियो दुवै उत्कृष्ट रहेकाले दर्शक स्रोताहरुले मन पराउनेमा आशावादी रहेको गायक तथा मोडल गोविन्द गौतमले जानकारी दिए ।

गायक गौतमको यसअघिनै ‘साँढे गोरु झै’, ‘मायालुको ज्यान’, ‘तिमि मेरो बुढा म चाहि तिम्रो पोई’ जस्ता गीतहरु बजारमा आइसकेका छन् ।

भिडियो हेर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top