मन्दिराले ल्याइन् नयाँ तीज गीत : ‘कम्मर भाँचिन्छ यहि मौकामा !’

Last Updated Date:

सांगितिक क्षेत्रमा लामो समय देखि सक्रिय रहेकी मन्दिरा मन्दिरा शर्मा पौडेलले ‘कम्मर भाँचिन्छ यहि मौकामा’ नामको मिठो तीज गीत श्रोतामाझ लिएर आएकी छिन् ।

मन्दिराद्वारा स्वरबद्ध उक्त गीतमा शव्द शकंर अधिकारी घायलको रहेको छ भने मनोज मालेले संगीत भरेका छन् । मिक्सिङ्ग र मास्टरिङ राजेश कुमार श्रेष्ठ, छायांकन पेपेले तथा भिडियो एडिटिङ प्रेम शर्मा पौडेलले गरेका हुन् । पोस्ट प्रोडक्सन कोचे मल्टिमिडियाको रहेको उक्त गीतको भिडियो युट्युबमा उपलब्ध छ ।

कोरोना कहरका कारण कुनै औपचारिक भेला नगरि युट्युबबाटै रिलिज गरिएको बताउँदै उनले गाएको गीत सुन्दै सुरक्षित भई तीज मनाउन गायीका मन्दिराले सजग गराएकी छिन् ।

तीज मनाउने चलन खास गरी हिन्दू नारीको मात्र भए पनि हालैका दिनहरुमा सबै जाती र धर्म, सम्प्रदायका नेपाली नारीहरुले पनि धुमधामका साथ तीज मनाउन थालेका छन् ।

Video Link:

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top