काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को परीक्षा स्थगित भएको छ । भदौ दोस्रो साताका लागि मिति तय भएको परीक्षा स्थगित गरिएको हो ।
सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरिएको हो
यसअघि सरकारले १ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सीटीईभीटीले कोरोना भाइरसका कारण स्थगित परीक्षाको तालिका प्रकाशित गरेको थियो ।
परीक्षाको अर्को तालिका कोभिड–१९ को संक्रमण कम भएपछि तीन हप्ताको समयावधि राखेर प्रकाशन गरिने बताइएको छ ।