उपत्यकामा कोरोना कहर : बुधबार थपिए १३८ संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर बढ्दै गएको छ । लकडाउन खोलेसंगै उपत्यकामा कोरोना संक्रमितको संख्या लगातार बढेको हो । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा थप १३८ नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप १३८ जनामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार बुधबार काठमाडौँमा १०७, ललितपुरमा २३ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् । उपत्यकामा मंगलबार मात्र १३४ जनामा संक्रमण पुष्टि भएको थियो ।

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै काठमाडौँ प्रवेश गर्ने नाकामा आवतजावत कडाइ गरिएको भएपनि संक्रमितको संख्या घटेको छैन । संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उपत्यकाका तिनै जिल्लाका स्थानीय सरकारले अघोषित ‘लकडाउन’ नै गरेका छन् । यातायातमा पुन: जोर-विजोर प्रणाली लागू गरिएको छ भने सरकारी कार्यालयहरुमा कर्मचारीलाई दुइ या तीन सिफ्टमा काम गराइएको छ ।

लकडाउन खुलेसंगै उपत्यका प्रवेश गर्नेको संख्या अत्याधिक रुपमा बढेपछि संक्रमणको जोखिम बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *