जब तपाईं आफ्नो बैंक खातामा एकैपटक १८ करोड जम्मा भएको थाहा पाउनु हुन्छ, त्यतिबेला तपाईंलाई कस्तो हुन्छ ? भारतको विजयवाडा भन्ने ठाउँमा एउटा यस्तै घटना घट्यो ।
घटनाअनुसार जब एक चकलेट विक्रेताले आफ्नो भर्खरै खोलिएको बैंक खातामा भारु १८ करोड जम्मा भएको थाहा पाए, तब उनी छक्क परे ।
एक रिपोर्ट अनुसार ३० वर्षीय किशोरलालले हालैमात्र अहमदाबादस्थित श्री रेणुकामाता मल्टीस्टेट कोआपरेटिव अर्बन क्रेडिट सोसाइटी बैंकको स्थानीय शाखामा खाता खोलेका थिए ।
यो घटना उनले तब मात्र थाहा पाए जब आयकर विभागले रकमबारे सोधखोज गर्यो । आयकर विभागको सोधपुछमा उनले यसबारेमा आफूलाई केही जानकारी नभएको बताए ।
त्यसपछि आयकर विभाग यो निष्कर्षमा पुग्यो कि लालको न त्यस्तो कुनै आयको सम्भावित स्रोत छ न उनी त्यति धेरै सम्पत्ति हुने कुनै व्यक्तिको सम्पर्कमा छन् ।
आयकर विभागका अधिकारीहरूले बैंकको सफ़्टवरमा आएको समस्याले यस्तो भएको हुन सक्ने बताएका छन् ।