मेडिसिटीमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

ललितपुर । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत् कोरोना संक्रमित मृत्यु भएको छ । मधुमेहका बिरामी ६४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

उनलाई गत साउन १५ गते अस्पताल भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो ।

अहिले मृतकको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ।

सोमबारै नै वीरगन्जमा ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *