घुस रकमसहित इन्जिनीयर साह पक्राउ

काठमाडौँ । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको आठ लाख २२ हजारको भौचरसहित उनलाई आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

इन्जिनीयर साह खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *