गोंगबुमा सुटकेसभित्र शव भेटियो

काठमाडौँ । राजधानीको गोंगबुस्थित गणेशस्थानमा सुटेकसभित्र शव भेटिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गणेशस्थान मन्दिरबाट एक सय मिटरभित्र टाउको काटिएको अवस्थामा सुटकेसमा शव फेला परेको हो ।

प्रहरीका अनुसार शव अन्दाजी ४०/४५ वर्षका पुरुषको भए पनि सनाखत भने भैसकेको छैन । घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फरेन्सिक डाक्टरको टोली पनि घटनास्थल पुगेको छ । शव भेटिएपछि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले बताएको छ । शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

आइतबार बिहानै बाहिरबाट रातो प्लाष्टिकले बेरिएको अवस्थामा सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *