पर्सामा मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण

Last Updated Date:

पर्सा । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये २ जना बाराका र १ जना सर्लाहीका हुन् ।

संक्रमण पुष्टि भएका पर्साका ५२ जनामध्ये मेयर साह, उक्त नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मी र सर्वसाधरण गरि २५ जना छन् ।

त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १० का ६ जना, वडा नम्बर ११ र १६ का ४/४ जना, वडा नम्बर १२ का २ जना, वडा नम्बर ३, ४, ७, ९ का १/१ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

पर्साकै छिपहरमाइ गाँउपालिका ५ भिस्वाका २ जना, बिन्दवासिनी गाँउपालिका ३ का १ जना र वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत ३२ वर्षका १ जना सेनामा पनि संक्रमण भेटिएको हो।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top