लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । उपत्यकामा समेत दिनहु दजनौँ कोरोना संक्रमित बढेपछि मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गर्ने भएको छ।
आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।