प्रयोग-१(बहर:रमल)

Last Updated Date:

केशब राज ज्ञवाली

पीरतीमा स्वच्छताका बास हुन्छन् मानि हेरें
संगमी ती नेत्रभीत्रै आस हुन्छन् मानि हेरें।

बादलिय गुञ्ज मेरा भावनाका झुण्ड थिए
खुम्चिएका मनहरुमा सास हुन्छन् मानि हेरें।

कालजैयो अस्मिताले प्रीतवाणी छून खोज्दा
भीड भीत्रै प्रीत बुन्ने खास हुन्छन् मानि हेरें।

निष्कलंकी भावबोकी मर्यादाका गान रच्ने
सूद्द मायाँ पीरतीका दास हुन्छन् मानि हेरें।

जीन्दगीको गर्भभीत्रै प्रीत बिम्बित हुन्छ क्यारे
ब्यभिचारी जीन्दगीका लास हुन्छन् मानि हेरें।

पीरतीमा स्वच्छताका बास हुन्छन् मानि हेरें
संगमी ती नेत्रभीत्रै आस हुन्छन् मानि हेरें।

——————-xxx———————-

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top