गुगलले हटायो २५ सय चिनियाँ युट्युब च्यानल

गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल भ्रामक समाचार फैलाउने कोसिसमा जुटेकोले डिलिट गरेको जनाएको छ । गुगलको अनुसार चीनसँग सम्बन्धित यी च्यानलहरु युट्युबमा भ्रामक समाचार फैलाइरहेका थिए ।

गुगलले यी युट्युब च्यानललाई अप्रिलदेखि जूनको बीचमा आफ्नो प्लेटफर्मबाट हटाएको जानकारी दिएको छ। गुगलले त्रैमासिक बुलेटिनमा भनेको छ ति च्यानलहरूले सामान्यतया “स्प्यामी, गैर राजनीतिक सामग्री” पोस्ट गर्थे, तर पनि ती कन्टेन्टको एउटा सानो हिस्सा राजनीतिसँग जोडिएको हुन्थ्यो। गुगलले डिलिट गरेको ति युट्युब च्यानलबारे कुनै जानकारी दिएको छैन ।

अमेरिकी आम चुनावभन्दा अगाडि अमेरिका र चीनबीच टेक्नोलोजी र सोशल मिडियाको बिषयमा तनाब चर्किरहेको बेला उक्त रिपोर्ट आएको हो। बुधवार, ह्वाइट हाउसले अमेरिकी डिजिटल नेटवर्कबाट “अविश्वसनीय” चिनियाँ एपहरुलाई हटाउने प्रयासलाई अघि बढाइरहेको छ भन्दै चिनियाँ स्वामित्वको टिकटक र मेसेन्जर एप विच्याट लाई “महत्वपूर्ण खतराहरू” भनेको थियो।

गुगलको ताजा कारवाहीको विषयमा अमेरिकामा चिनियाँ दूतावासले कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, यसअघि बेइजिङले भ्रामक समाचार फैलाएको आरोप अस्विकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *