काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार अख्तियारमा कार्यरत डेढ सय बढी कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएकोमा १५ जनामा कोरोना पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु सबै प्रहरी कर्मचारी हुन् ।
यसअघि अख्तियारमा कार्यरत एक प्रहरी अधिकारी उपत्यकाबाहिर गएर फर्किएका थिए । अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका ति प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
थप संक्रमितको कन्याक ट्रेसिङ सुरु गरिएको अख्तियार स्रोतको भनाइ छ ।