कोरोना संक्रमण बढ्न थालेपछि विज्ञहरुसंग प्रधानमन्त्रीको छलफल

काठमाडौं । कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य क्षेत्रका विज्ञहरुसंग परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा जनस्वास्थ्य विज्ञहरु र प्रतिपक्षी दलका नेता सहभागी छन् ।

सरकारले चार महिना लामो लकडाउन साउन ६ गतेदेखि अन्त्य गरेको थियो । त्यसयता कोरोना भाइरसको संक्रमण र मृत्यु दर ह्वात्तै बढेको छ । सरकारले बिना पूर्व तयारी लकडाउन अन्त्य गर्दा संक्रमण बढेको भन्दै आलोचना भैरहेका बेला प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका विज्ञहरुसंग परामर्श गरेका हुन् ।

लकडाउन अन्त्य भएसंगै राजधानी काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ । समुदायस्तरमै संक्रमण फैलिएको अनुमान भैरहेका बेला आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोजेका हुन् ।

छलफलमा प्रमुख प्रतिपक्षी दल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, जनता समाजवादी पार्टीका महन्थ ठाकुरलगायत विभिन्न दलका नेता तथा सरोकारवालाहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *