कट्रिनाको नक्कल गर्दा आलिया भइन् ‘ट्रोल’

कुनै बेलाका बेस्टफ्रेन्ड कट्रिना केफ र आलिया भट्टका बिच अहिले ३६ को आँकडा छ ।

कट्रिना कैफको प्रेमी रणवीर कपुर आलियाले खोसेपछि उनिहरु बिचको दूरी बढेको हो । उनिहरुसँग उनिहरुको फ्यानहरुको घोचपेच पनि जारी छ । हालै कट्रिनाको जस्तै टि–शर्ट लगाएपछि ट्रोलको सिकार भएकी छन् आलिया । अंग्रेजीमा ‘यु गो गर्ल’ लेखिएको टि–शर्ट लगाएर यस अघि कट्रिनाले इन्स्टाग्राममा फोटो पोस्ट गरेकी थिइन् । तर उस्तै टि–शर्ट लगाएर देखिपछि आलियालाई ‘पहिला ब्वाइफ्रेन्ड कपी गरिन्, अहिले टि–शर्ट’ भनेर मजाक उडाइएको छ ।

यो तस्बिरलाई भाइरल गर्ने मध्येका एक युजर्सले लेखेका छन् –‘उनि (आलिया) कट्रिनाको सबैभन्दा ठूलो फ्यान हुन् । रिलेशनशिप देखि कपडा सम्मका लागि कट्रिनाको फलो गर्छिन् ।’ यसैमा अर्काले लेखेका छन् –‘पहिला ब्वाइफ्रेन्ड कपी गरिन्, अहिले टि–शर्ट’ । अर्काले चाँही उनले लगाएको फाटेको जिन्सको मजाक उडाउँदै लेखेका छन् –‘यो भन्दा बढी फाटेको जिन्स पाइएन कि के हो ?’

त्यसो त आलिया सोशल मिडियामा पटक–पटक ठट्टाको विषय बनिरहन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *