भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शाहले आइतबार दिउँसो ट्विट गर्दै आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका थिए ।

‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना हुँदै छु । मेरो अनुरोध तपाईंहरूमध्ये केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउनु होला।’ – शाहले ट्विटमा भनेका छन् ।

यस अघी उन्लाई स्वाइनफ्लु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *