कोरोना अपडेट : थप २२४ जनामा संक्रमण पुष्टि, उपत्यकामा थपिए ३८ संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशका विभिन्न २७ प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २२४ नयाँ संक्रमित थपिएको जानकारी दिए । योसंगै कूल संक्रमितको संख्या यससँगै नेपालमा सङ्क्रमितको कूल सङ्ख्या १९ हजार ७७१ पुगेको छ ।

त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । शुक्रबार एकैदिन थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम बढिरहेका बेला पछिल्लो २४ घण्टामा १५१ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै १४ हजार ३९९ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेको प्रवक्ता गौतमले जानकारी दिए । यो संख्या कूल संक्रमितको ७२.८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर नमुना परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।  योसंगै हालसम्म ३ लाख ७५ हजार ४१६ परीक्षण गरिएको उनले बताए ।

उपत्यकामा बढ्यो जोखिम

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै बिहीबार गृहमन्त्रालयले काठमाडौँ प्रवेश गर्ने नाकामा आवतजावत कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ । ति नाकाहरुमा यात्रुहरुको कोरोना परीक्षण गर्दा ठूलो संख्यामा संक्रमण देखिएको भन्दै मन्त्रालयले आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।

लकडाउन खुलेसंगै उपत्यका प्रवेश गर्नेको संख्या अत्याधिक रुपमा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *