बंगलादेशको रेमिट्यान्समा उत्साहजनक वृद्धि

Last Updated Date:

गत आर्थिक वर्ष सन् २०१९/२० मा बंगलादेशले ठूलो परिमाणमा रेमिट्यान्स भित्र्याएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार विदेशमा बस्ने बंगलादेशीले सो अबधिमा १८.२० बिलियन युएस डलर घर पठाएको तथ्य बंगलादेशको केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।

एक अस्थायी तथ्यांकलाई उदृत गर्दै सोमबार बंगलादेश बैंकका एक अधिकारीले गत वर्षको तुलनामा १०.८७ प्रतिशत वृद्धि भै १८.२० बिलियन डलर पुगेको सिन्ह्वालाई बताएका थिए । बंगलादेशमा आर्थिक वर्ष जुलाई महिनामा शुरु भएर अर्को वर्षको जुन महिनामा समाप्त हुने गर्छ ।

ति अधिकारीले आर्थिक वर्षको अन्तिम महिना (२०२० को जुन )मा मात्रै १.८३ बिलियन डलर रेमिट्यान्स भित्रिएको बताएका थिए । तर ति अधिकारीले आफ्नो नाम भने बताउन चाहेनन् ।

यो परिमाण भनेको गत वर्षको सोही महिनामा भित्रिएको परिमाण भन्दा ३३.९० प्रतिशतले बढी हो । आर्थिक बर्ष २०१८/१९ को अन्तिम महिनामा १.३७ बिलियन डलर मात्र विप्रेषणको रुपमा बंगलादेश भित्रिएको ति अधिकाऱीले बताएका थिए ।

बंगलादेशले सन् २०१८/१९ मा १६.४१ बिलियन डलर रेमिट्यान्स भित्र्याएको थियो ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top