पहिचानवादीहरुद्वारा सरकार विरुद्ध नारा जुलुश प्रदर्शन

Last Updated on

कमला भट्टराई, भद्रपुर । झापा जिल्लाको सदरमुकाम चन्द्रगढी स्थित रंगशाला मैदानबाट मंगलबार अपरान्ह निस्किएको जिल्लाका पहिचानबादी, आदिबासी, जनजाति समुहको जुलुशले बजार परिक्रमा गरेको छ।

जुलुशमा रुकुम हत्याकाण्डका दोषीलाई कार्वाही गर, भ्रष्टचार कालोबजार नियन्त्रण गर, जातिय बिभेद अन्त्य गर, बढदो महंगी नियन्त्रण गर, पिसिआर टेष्टको दायरा बढा, नेपाल-चीन सिमाना ब्यबस्थित गर जस्ता नारा लगाइएको थियो । जुलुशले ट्रेड युनियन चोकमा कोणसभामा गरेको थियो ।

सभालाई संबोधन गर्दै पहिचानवादी नेता प्रबिण चाम्लिङ राई, भक्त खेवाङ लिम्बु, दिपेन राई, देवेन्द्रकिशोर ढुंगाना लगायतका बक्ताले सत्ताधरी कम्युनिस्ट पार्टी बहुमतको दम्भले जनबिरोधी निर्णय द्वारा प्राप्त लोकतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लिप्त रहेको आरोप लगाएका थिए ।

उनिहरुले भने – ‘आफनो सत्ता टिकाउने षडयन्त्रमा लागेका प्रधानमन्त्री केपी शर्मा ओली लक डाउनको बहानामा देशलाई अराजक शैलीबाट अगाडी लग्न खोजेको कारण दुर्घटना निम्तिने खतरा निश्चित छ ।’

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top