कोरोना अपडेट : बुधबार ४८२ संक्रमित थपिए

Last Updated on

[post_published],
Kathmandu

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १४ हजार नाघेको छ । संक्रमितको संख्या दैनिक रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप ४८२ नयाँ संक्रमित थपिएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ नयाँ संक्रमित थपिएको जानकारी दिए । योसंगै कूल संक्रमितको संख्या संख्या १४ हजार ४६ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । बुधबार थप एक जनाको मृत्यु भएको हो । अछाम रामरोशन गाउँपालिका-५ का ४५ वर्षीय एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार असार १३ गते बयलपाटा अस्पतालमा भर्ना भएका उनको असार १४ गते मृत्यु भएको थियो ।

संक्रमित थपिँदै जाँदा कोरोना जित्नेको संख्या पनि बढिरहेको छ । हालसम्म ४ हजार ६५६ जना निको भएर डिस्चार्ज भैसकेका छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८८६ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख ३३ हजार २२७ र आरडीटी विधिबाट ३ लाख ६२० जनाको नमुना परीक्षण गरिएको उनले जानकारी दिए ।  देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या ४८ हजार ३६२ छ । त्यसैगरी ९ हजार ३६० जना आइसोलेसनमा रहेका छन् ।

७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top