व्यापारयुद्ध गर्न खोजे भारतलाई नै प्रत्युत्पादक हुने चीनको चेतावनी

Last Updated on

चिनियाँ कम्पनीका ५९ वटा एप्समाथि प्रतिबन्ध लगाउने भारतको निर्णयप्रति चीनले कडा प्रतिक्रिया दिएको छ । भारतले व्यापारयुद्ध गर्न खोजेको आरोप लगाउँदै चीनले त्यो भारतकै लागि प्रत्युत्पादक हुने चेतावनी दिएको छ ।

मंगलबार चिनियाँ कम्पनीले तयार पारेका ५९ वटा एप्समाथि भारतले प्रतिवन्ध लगाएको थियो । त्यसको प्रतिक्रिया स्वरूप चीनले भारतलाई जोरी नखोज्न भनेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले यस्तो कदम चालेर भारतले व्यापारयुद्ध शुरू गर्न खोजेको आरोप लगाएको छ । चीन संयमित छ भन्दैमा भारतले चिनियाँ कम्पनीहरूमाथि कारवाही गर्न नपाउने समाचारमा उल्लेख छ ।

गोल्बल टाइम्सले विगत कैयौं वर्षदेखि चीन र भारतबीच सीमा विवाद रहेको तर व्यापारयुद्ध दुवै देशका लागि असामान्य हुने दावी पनि गरेको छ । ‘सन् २०१७ मा भारतले आर्थिक हानि सहनुपरेको थियो तर त्यो सीमित थियो किनकि संकटपछि द्विपक्षीय व्यापार छिट्टै शुरू भएको थियो’, सन् २०१७ को दोक्लम विवादलाई उल्लेख गर्दै लेखेको छ ।

चिनियाँ कम्पनीका एप्सहरुमा प्रतिबन्ध लगाउँदा केही नोक्सानी हुने भए पनि भारतले चीनको विशाल अर्थतन्त्रलाई हानि गर्न नसक्ने पत्रिकाले लेखेको छ ।

सीमामा झडपपछि दुई सरकारबीच शान्तिका लागि प्रयास भइरहेको ग्लोबल टाइम्सले लेखेको छ । द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्झौतालाई सुरक्षित राख्न प्रयास गरिएको छ ।

गत जुन महिनामा चीन-भारत सीमा क्षेत्रमा भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मरिएका थिए । लगत्तै भारतले विभिन्न चिनियाँ उत्पादनमाथि प्रतिवन्ध लगाइरहेको छ  ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top