कोरोना अपडेट : मंगलबार ३१६ संक्रमित थपिए, ६० जना डिस्चार्ज

Last Updated on

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दैनिक रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप ३१६ नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६ नयाँ संक्रमित थपिएको जानकारी दिए । योसंगै कूल संक्रमितको संख्या संख्या १३ हजार ५६४ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

संक्रमित थपिँदै जाँदा कोरोना जित्नेको संख्या पनि बढिरहेको छ । हालसम्म ३ हजार १९४ जना निको भएर डिस्चार्ज भैसकेका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ६० डिस्चार्ज भएका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top