देश भक्तिपूर्ण भावको हामी भुल्दैनौँ सार्वजनिक (भिडियोसहित)

Last Updated Date:

काठमाडौं । गायक तथा संगीतकार सन्देश श्रेष्ठले लकडाउनका समयमा पनि सक्रिय रही श्रोता तथा दर्शकहरुका माझ मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ गरि तीनवटा म्यूजिक भिडियो निकालेका छन् । पछिल्लो गीत हामी भुल्दैनौँमा देश भक्तिपूर्ण भाव व्यक्त भएको छ । गोविन्द पौडेलको शब्द रहेको उक्त गितमा स्वर तथा संगित गायक स्वयम्को रहेको छ । यसैगरि एरेन्ज तर्फ देव कोइमी र जितेन्द्र राजोपाध्यायले भिडियो निर्देशन तथा सम्पादन गरेका हुन् ।

यो गीतमा हाम्रा पुर्खाले हाम्रो देशको रक्षा गर्ने क्रममा सीमानामा बगाएको रगत र हिँडेका पदचापहरूको अझै पनि हामीमा स्मरण रहेको र हामी हाम्रो सीमा कहिल्यै भुल्दैनौँ भन्ने भाव व्यक्त भएको छ। कालापानी नालापानी युद्ध लडेको इतिहास संस्सारका मानिसलाई जानकारी भएको र त्यो भू भाग हाम्रै रहेको कुरा सर्वविदितै रहेको र हाम्रा पुर्खाबाट जानकारी पाए झैँ हामीले पनि अब आउने सन्ततिलाई गीत संगीत र अन्य माध्यमबाट सुसुचित बनाउनु हाम्रो कर्तव्य रहेको कुराहरु मध्यनजर राख्दै सम्पूर्ण नेपाली एकजुट हुन् आग्रह गर्दै राष्ट्रिय एकताको भावना जगाउन यो गीतको सिर्जना भएको गायक श्रेष्ठले जनाए ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top