राष्ट्रपतिद्वारा २ सय ३३ कैदीको कैद मिनाहा

Last Updated on

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा २ सय ३३ कैदीको कैद मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २ सय ३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी हुन् ।

आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिमा रामबहादुर भन्ने रमेश विश्वकर्मासहित २ सय ३३ जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको उल्लेख गरिएको छ ।

नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको विज्ञप्ति जनाइएको छ ।

यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा कपिलदेव साह कानुसमेतका आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा उल्लेख छ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top