गणतान्त्रिक शक्तिहरु एकतावद्ध हुनुपर्नेमा प्रचण्डको जोड

Last Updated on

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् । उनले गणतान्त्रिक शक्तिहरु एकतावद्ध भइ जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको समेत बताएका छन ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको पनि बताएका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार नभएर गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको पनि दाबी गरेका छन् ।

गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राणको उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष प्रचण्डले बेपत्ता तथा घाइते योद्धाको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

प्रचण्डको शुभकामना सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिएका सम्पूर्णको उच्च प्रशंसा गरिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top