कोरोना अपडेट : थप ९० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

Last Updated on

काठमाडौं । नेपालमा कोरोना संक्रमण दैनिक रुपमा बढिरहेका बेला मंगलबार थप ९० जनामा संक्रमण देखिएको छ । योसंगै संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २र२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एकरएक जना छन् । योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट चार जनाको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक, बाँके, गुल्मी र बाराका एक-एक जना हुन् ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म १५५ जना सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेका छन् । बाँकी सबैको देशका बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको र उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top