डव्लुएचओको चेतावनी : कोरोना अन्त्य नहुन सक्छ, लापरवाही नगरौं

Last Updated on

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी दिएको हो । उनले खोप पत्ता लागे पनि संक्रमणलाई पूर्णरुपमा नियन्त्रणमा लिन ठूलो प्रयास आवश्यक पर्ने बताए । रयानका अनुसार, आममानिसलाई बिना कुनै खोप रोग प्रतिरोधी क्षमताको विकास उपयुक्तस्तरमा पुग्न वर्षौं लाग्न सक्छ ।

जेनेभामा भएको भर्चुअल सम्मेलनमा डा. रायनले ‘यो भाइरस हाम्रो समुदायको दोस्रो माहामारीका रुपमा रहन सक्ने र यो कहिलै नहट्न सक्छ’ भनेका छन् । उनले भनेका छन्, ‘एचआईभी गएको छैन्, यो भाइरस पनि यस्तै रहन सक्छ ।’

बिना कुनै खोप रोग प्रतिरोधी क्षमताको विकास उपयुक्त स्तरमा पुग्न वर्षौं लाग्न सक्ने बताउँदै उनले अहिले विश्वभर कोरोना भाइरसको खोप पत्ता लगाउन खोप निर्माणका प्रयासहरू भइरहेको जानकारी दिए ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर करिब ३ लाख मानिसले ज्यान गुमाइसकेका छन् । त्यस्तै ४३ लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ । डब्लुएचओले कोरोना भाइरसका कारण कैयौं मानिसको मानसिक अवस्थामासमेत असर परिरहेको बताएको छ ।

मानसिक स्वास्थ्यका क्षेत्रमा कम लगानी रहेका देशमा लकडाउनले समस्या उत्पन्न गराएको डब्लुएचओले उल्लेख गरेको छ । त्यसकारण धेरै जसो देशहरुलाई मानसिक स्वास्थ्यका क्षेत्रमासमेत काम गर्न सुझाव दिएको छ ।

अहिले विश्वका धेरै मुलुकहरूले लकडाउन खुकुलो पार्दै गएको अवस्थामा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले यसले कोरोना भाइससको संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन् । डब्ल्यूएचओले अझै पनि विश्वका सबै मुलुकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

एजेन्सी

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top