अमेरिकामा म्याकार्थिज्मको वापसी : चीनका लागि पूर्वअमेरिकी राजदूत

Last Updated on

चीनका लागि पूर्व अमेरिकी राजदूत म्याक्स बौकसले अमेरिकी सरकारका चीन विरोधी आलंकारिक शब्दहरुले आफूलाई म्याकार्थी युगको स्मरण गराएको टिप्पणी गरेका छन्

‘ट्रम्प प्रशासनको चीन विरोधी आलंकारिक शब्दहरु निकै कडा छन् यसले हद नाघेको महशुस भएको छ यस्ता कटू  शब्दले हामीहरु जोसेफ म्याकार्थीको युगमा पुन: प्रवेश गरेको स्मरण गराउँछ’, बौकसले गत बुधबार सीएनएनलाई  दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘जो म्याकार्थीको बद्नाम आन्दोलनको समयमा विदेश मन्त्रालयमा समेत कम्युनिष्टहरुको घुसपैठ भएको अफवाह फैलाउने गरिन्थ्यो

‘सन् १९३० को दशकतिर हिटलरको जमानामा पनि यस्तै थियो धेरै मानिसहरु गलत भैरहेको जान्दथे र पनि त्यसका बिरुद्ध उभिन तयार हुँदैनथे तिनीहरु त्रसित थिए’, बौकसको भनाइ थियो

‘अमेरिकाभित्र अहिले कसैले चीनका बारेमा सत्य कुरा गर्यो भने उसलाई धम्क्याउने गरिन्छ सत्य कुरा गर्नेहरुलाई उसको टाउको छिनाल्ने खतरा महशुस हुन्छ सन् १९३० को दशकमा जर्मनीमा त्यस्तै हुने गर्थ्यो अहिलेको अमेरिका र त्यतिबेलाको जर्मनीको अवस्थाका लागि जो जिम्मेवार थिए तिनीहरु केहि बोल्न नसक्ने अवस्थामा छन्’, उनले थप  विस्तार गर्दै भनेका थिए

‘मलाइ ३० को दशकमा जर्मनीमा भएका क्रियाकलापको अमेरिकामा भैरहेको पुनरावृत्तिप्रति असाध्यै चिन्ता लागेको छ मेरो विचारमा यो रिपब्लिकन प्रशासनकै एक अंग हो डोनाल्ड ट्रम्पलाई अर्थतन्त्र एकदम डाँवाडोल भएको थाह छ’, बौकसले थप तथ्यहरु जोड्दै भनेका थिए, ‘उनीहरु कोरोना भाइरसलाई देखाएर चीनमाथि यसको दोष थोपर्न तयार भएर बसेका छन् राष्ट्रपति चुनावनिर्वाचनमा जो निर्वाचित भएपनि अर्थ व्यवस्थालाई पुरानो अवस्थामा फर्काउन निकै कठिन छ

सन् १९३० को दशकको जर्मनी र अहिलेको अमेरिकाको अवस्थाको तुलना ‘अल्ली उत्तेजक’ भएन र भनि सोधिएको एक प्रश्नमा बौकसले आफूले ठ्याक्कै त्यहि बिन्दुमा अमेरिका पुगिसकेको नभनेको तर त्यस दिशातर्फ लम्किरहेका छौं भन्ने सचेत मात्र गराएको बताएका थिए उनले अमेरिकामा चीनमाथिको दुस्मनिपूर्ण आलोचनालाई अनुत्तरदायी भनेका छन् अमेरिकाले यसको नकारात्मक परिणाम भोग्नुपर्छ भन्ने ज्ञान भएकाहरु पनि प्रसस्तै भएको भन्दै उनले त्यसलाई प्यासिफिकेसन गर्ने प्रयाससमेत गरेका थिए

बौकस ओबामा प्रशासनको समयमा सन् २०१४ देखि २०१७ सम्म चीनका लागि राजदूत रहेका थिए त्यसअघि उनले मोन्टानाको सिनेटरको रुपमा ३६ बर्ष सेवा गरेका थिए

कोभिड-१९ ले अमेरिकालाई गाँज्दै लगेपछि ट्रम्प प्रशासनका केही अधिकारीहरु आफ्ना गल्तिहरुको ढाकछोप गर्न र  सार्वजनिक आलोचनाबाट बच्न चीनमाथि दोष थोपर्दै आइरहेका छन्

गत मंगलबार द वासिंगटन पोष्टमा छापिएको एक समाचारका अनुसार अमेरिकाका लागि चिनियाँ राजदूत चुइ तियनकिले चीनमाथि दोष लगाउने काम रोक्न केही अमेरिकी राजनितिज्ञहरुलाई आह्वान गरेका थिए राजदूत चुइले कोभिड महामारीसंग जुध्नका लागि सम्पूर्ण सामर्थ्य लगाउन सुझावसमेत दिएका थिए

हालसम्म अमेरिकामा महामारीबाट ज्यान गुमाउनेको संख्या ७६ हजार पुगिसकेको छ

‘यो आरोप-प्रत्यारोप गर्ने समय होइन यो त महामारीसंग कसरी भिड्ने भनेर सोच्ने तथा दुई देशबीचको आपसी विश्वासलाइ थप मजबुत बनाउने समय हो’, राजदूत चुइले भनेका थिए, ‘अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले  ‘उत्तम देबदुत’ को जिकिर गरेझैँ मानिसले आफ्नो बुद्धिमत्ताले इतिहासमा कुनपक्ष सहि र कुनपक्ष गलत हो भन्ने आफै छुट्याउनेछ त्यसैले हामीले हाम्रो भबिष्यका लागि पनि राम्रो काम गर्नुपर्छ त्यसको जस अपजसमा सहभागी हुनु  आवश्यक छ
(श्रोत : सिन्ह्वा)

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top