बलिउड अभिनेता इरफान खानको निधन

Last Updated on

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बइस्थित कोकिलाबेन धिरुभाई अम्बानीअस्पतालमा बुधबार निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि मंगलबार उनलाई अस्पतालमा आइसियूमा राखिएको थियो । उनको स्थिति निकै गम्भीर थियो । रिपोर्टका अनुसार इरफान पेटको समस्याले ग्रस्त थिए । उनलाई कोलोन इन्फेक्सन भएको थियो ।

निर्देशक सूजीत सिरकारले ट्वीटरमार्फत यसको जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन् ‘मेरा प्रिय मित्र इरफान । तिमी लड्यो अनि लड्यौ अनि लड्यौ । मलाई तिमीमाथि सधैं गर्व रहनेछ । हामी फेरि भेट्नेछौं । सुतापा र बाबिललाई मेरो समवेदना । तिमीले पनि लडाइँ लड्यौ ।’

२ वर्ष पहिले इरफानको न्यूरोइन्डोक्राइन ट्युमर नामको रोगको उपचार भएको थियो । न्युरोएन्डोक्राइन ट्युमर  भएपछि गत वर्ष लन्डनमा उपचार गराएर फर्किएका उनी कोकिलाबेन अस्पतालको चिकित्सकसँग स्वास्थ्योपचार गराइरहेका थिए ।

गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । त्यतिवेला पनि उनको स्वास्थ्य अवस्था ठिक थिएन । इरफानले सलाम बम्बे, मदारी, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार, अंग्रेजी मिडियमलगायत फिल्ममा अभिनय गरेका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top