कोरोना संक्रमित बेलायती प्रधानमन्त्री आइसीयुमा

कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष (आइसीयु)मा राखिएको छ । उनलाई आइसीयुमा राखेर उपचार गरिएको डाउनिङ स्ट्रीटले जनाएको छ ।

प्रधानमन्त्री बोरिसको अक्सिजनमा आधारित उपचार भइरहेको तर उनले बिना कुनै सहायता सास फेरि रहेको डाउनिङ स्ट्रीटले जनाएको छ । उनले तीन रात अस्पतालमा बिताइसकेका छन् ।

प्रधानमन्त्री जोन्सन १० दिनसम्म सेल्फ-क्वारेन्टाइनमा बसेपछि थप परीक्षणका लागि अस्पताल भर्ना गरिएका थिए ।

गत २७ मार्चमा कोरोनाबाट संक्रमित भएको प्रधानमन्त्री जोन्सनलाई उच्च ज्वरो नघटेपछि अस्पताल भर्ना गरिएको थियो । हाल उनको अवस्था स्थिर रहेको बताइएको छ ।

बेलायतमा प्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्रीलाई समेत कोरोना संक्रमण भएको छ । त्यस्तै राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण भएको तर उनी भने ठिक भैसकेको बताइएको छ ।

बेलायतमा अहिलेसम्म कोरोनाबाट ५५ हजार भन्दा बढी संक्रमित भएका छन् भने ६ हजार बढीको मृत्यु भएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top