कोरोना महामारी : न्युरोर्कमा एक नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट न्युयोर्कमा एक नेपालीको मृत्यु भएको छ । ङिमा तेम्बा शेर्पाको बुधबार  उपचारकै क्रममा निधन भएको हो । शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गर्दै शेर्पाको निधनको पुष्टि गरेको छ ।

शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले बताए । ङिमा तेम्बा शेर्पा कोभिड १९ को संक्रमणका कारण विगत केही हप्तादेखि सो अस्पतालमा उपचाररत थिए।

कोरोनाको महामारी सुरु भएपछि १५ दिनमा न्युयोर्कका ५ जना नेपालीहरुको निधन भएको छ । तर सबैको निधन कोरोनाको कारण भएको बताइएको छैन ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top