भाइरस के हो ? कसरी फैल्याउछ यसले माहामारी ?

Last Updated on

देवेन्द्र श्रेष्ठ

कुनै पनि जीवको बंशाणु सितिमिती परिवर्तन हुदैन । बंशाणुले नै जीवको भित्रि वा बाहिरी शारीरिक स्वरुप र गुणको निर्धारण गर्दछ । यो एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने हुन्छ । कहिले काँही वातावरणीय वा प्राकृतिक कारणले जीवहरुको बंशाणुमा एक्कासी परिवर्तन हुनसक्छ । यस्तो परिवर्तन हुँदा अघिल्लो पुस्तासंग नभएको बंशाणुगत गुण पछिल्लो पुस्तामा देखापर्ने वा अघिल्लो पुस्तामा भएका गुण हराएर अर्कै देखापर्ने हुन्छ । यस्तो खालको बंशाणुगत परिवर्तनलाई उत्परिवर्तन वा Mutation भनिन्छ ।

जीवको सबैभन्दा सानो जीवित अंशलाइ कोष (cell) भनिन्छ । कोषको सबभन्दा बाहिरको भागलाई सेल मेम्ब्राइन (cell membrane) भनिन्छ । सेल मेम्ब्राइन भित्रको भागलाई साइटोप्लाज्म (cytoplasm) भनिन्छ । साइटोप्लाज्मको बिचमा न्युक्लियस (nucleus) रहेको हुन्छ । यो न्युक्लियस भित्र क्रोमोजोम (chromosome) हरु रहेका हुन्छन् । क्रोमोजोम RNA र DNA नामका प्रोटिनका अणुहरुको जटिल मालाबाट बनेको हुन्छ । DNA अणुहरुले नै जीवको बंशाणुगत गुणहरुको निर्धारण गर्दछ । बंशाणुगत गुण या अणु अघिल्लो पुस्ताबाट प्राप्त गर्ने भएकोले पछिल्लो पुस्ताको बंशाणुगत गुण अघिल्लो पुस्ता अनुरुप नै हुन्छ । यदि कथम्कदाचित प्राकृतिक या वातावरणीय कारणले DNA मा गडबडी भएमा पछिल्लो पुस्ता फरक बन्न जान्छ । जस्तो कि मानिसको गर्भबाट हातिको सुड जस्तो नाक भएको बालक जन्मनु, बाख्राले बिरालो अनुहारको पाठो जन्माउनु आदि । यि यस्ता उदाहरण नै उत्परिवर्तन (Mutation) का उदाहरण हुन् ।

भाइरस भनेको केबल बंशाणुगत गुण बोक्ने अणुहरु DNA तथा RNA को जटिल मालालाई प्रोटिनले घेरि राखेको निर्जीव अणु मात्र हो । यस्ता लाखौं किसिमका भाइरसहरु यो जगत थिए, छन् र रहनेछन् । भाइरसले ब्याक्टेरियादेखि सबै जीव र बनस्पतिलाई रोगी बनाउने काम गर्दछ । यस्ता भाइरसबाट जीवलाई शुरक्षित राख्दै जीवित तुल्याइ राख्न प्रकृतिले हरेक जीवको शरीरमा भाइरस प्रतिरोधी शक्ति दिएको हुन्छ । प्रतिरोधी शक्तिले भाइरस हाम्रो शरिरमा घुस्ने बितिकै दुश्मन आएको बुझी आफ्नो अस्त्र चलाउछ र हामीलाई रोग लाग्दैन । कहिले काँही हाम्रो प्रतिरोध शक्ति कमजोर भएको बेला हामी बिरामी पर्छौं । कहिले हाम्रो प्रतिरोध शक्ति जीवनमा कहिल्यै अनुभब नगरेको भाइरस आएमा झुक्किएर वा त्यो भाइरससंग लड्ने अनुकूल अस्त्रको अभाबमा पनि हामी बिरामी पर्दछौं ।

अहिले महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड-१९) पनि त्यस्तै एक नयाँ भाइरस हो । यसको वरिपरि प्रोटिनका धेरै स्पाइक (हांगाहरु) भएकोले हाम्रो कोषले प्रोटिन भनी झुकिएर निल्दा यो भाइरस सिधै न्युक्लियस (neucleus)भित्र छिरी DNA र कोषमा गडबडी ल्याइ दिने गर्दछ । कोष बिभाजन प्रक्रियाबाट यस्ता गडबडी कोषहरुको संख्या छिटै वृद्धि हुन पुग्द्छ र हामी बिरामी हुन्छौं । भाइरसहरुसंग पनि DNA र RNA हुन्छ जुन भाइरसको बंशाणु हो यो बंशाणु सितिमिति परिवर्तन हुदैन ।

बिज्ञहरुका अनुसार हाम्रो बंशाणुसंग मिल्दोजुल्दो RNA र DNA हुने भाइरसले मात्र मानव जातिलाई बिरामी बनाउन सक्छ । कुकुर, बिरालो, गाइ, भैंसी, चरासंग मिल्दोजुल्दो RNA र DNA भएका भाइरसले बिरामी बनाउदैन । कहिले काँही प्रकृति र वातावरणमा आएको परिवर्तनका कारण मौजुदा भाइरसको RNA र DNA मा परिवर्तन हुन जान्छ जुन सामान्यत कहिल्यै हुदैन । भाइरसमा हुने यस्तो परिवर्तनलाई नै भाइरसको उत्परिवर्तन (Mutation of virus) भनिन्छ । यसरी उत्परिवर्तन (Mutation) बाट बनेको भाइरसले नै माहामारी सृजना गर्ने गर्दछ ।

जस्तो कि सार्स (SARS) भाइरस बिरालोलाई संक्रमण गर्ने भाइरसमा उत्परिवर्तन भइ मान्छेमा सर्ने बन्यो र माहामारी सृजना गर्यो । मर्स (MERS) भाइरस उटमा लाग्ने भाइरसमा उत्परिवर्तन भएर मान्छेमा सर्ने बन्यो र यसले पनि माहामारी निम्त्यायो । अहिलेको कोभिड-१९ भाइरसका बारेमा वैज्ञानिकहरुसंग पूर्ण तथ्यांकहरु र अनुसन्धानबाट पूर्ण रिपोर्ट आइनसकेकाले यसै हो भन्न सक्ने अवस्था नरहेको वैज्ञानिकहरु बताइरहेका छन् ।

औषधी तथा खोप पत्ता नलागेको अहिलेको अवस्थामा यो माहामारीबाट बच्ने उपाय भनेको आइसोलेसन (Isolation) मा बस्ने, भिटामिन सी लगयतका शरीरमा प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाने, पटक-पटक तातो झोलपिउने, हात धुने जस्ता पूर्व सावधानी अप्नाउनुको विकल्प छैन ।

(विज्ञान, प्रविधि क्षेत्रका अध्येतासमेत रहेका लेखक सत्तारुढ नेकपाका युवा नेता हुन्)

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top