कोरोना महामारी : उच्च प्रभावमा रहेका १० मुलुक (हेर्नुस् समग्र अवस्था)

Last Updated on

काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएका बेला अमेरिका र यूरोपका धेरै देशहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ । महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट मर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ ।

बिहीवार साँझसम्मको तथ्यांकअनुसार २०९ देशमा भाइरसको संक्रमण पुगिसकेको छ । कोरोना भाइरसका कारण हालसम्म ७५ हजार ९६२ जनाको मृत्यु भैसकेको छ भने १३ लाख ६० हजार २४७ जनामा यसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण हालसम्म इटालीमा सबैभन्दा धेरै मानिसको मृत्‍यु भएको छ । इटालीमा १६ हजार ५२३ जनाको ज्यान गैसकेको छ । त्यहाँ एक लाख ३२ हजार ५४७ संक्रमित छन् ।

इटालीपछि स्पेनमा सबैभन्दा बढी १३ हजार ७९८ जनाको ज्यान गएको छ । स्पेनमा एक लाख ४० हजार ५१० जना संक्रमित छन् ।

यता महाशक्ति राष्ट्र अमेरिकामा भाईरस संक्रमणको रफ्तार निरन्तर अगाडि बढीरहेको छ ।  त्यहा संक्रमित हुनेको सन्ख्या झण्डै पौने चार लाख पुगेको छ । बिहीवार साँझसम्म अमेरिकामा तीन लाख ६७ हजार ६५९ जना संक्रमित भएका छन् भने १० हजार ९४३ जनाको ज्यान गैसकेको छ ।

ब्रिटेनमा पनि कोरोना संक्रमण व्यापक रुपमा फैलिरहेको छ । ब्रिटेनमा  ५० हजार भन्दा बढी संक्रमित छन् । त्यहा पाँच हजार भन्दा बढीको मृत्‍यु भैसकेको छ ।

कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिईरहेका बेला चीनले भने भाइरस नियन्त्रणमा सफलता हासिल गर्दै गैरहेको छ । चीनमा हालसम्म ८१ हजार ७४० जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्ला केही दिनयताको तथ्यांक हेर्दा चीनमा नयाँ संक्रमितको संख्या निकै कम छ । चीनमा तीन हजार ३३१ जनाको मृत्यु भएको छ ।

कोरोना महामारीको उच्च प्रभावमा रहेका १० मुलुक

देश संक्रमित मृत्यु उपचार गम्भीर विरामी
अमेरिका ३६७,६५९ १०,९४३ १९,८१४ ८,९८३
स्पेन १४०,५१० १३,७९८ ४३,२०८ ७,०६९
इटाली १३२,५४७ १६,५२३ २२,८३७  ३,८९८
जर्मनी १०३,३७५ १,८१० ३६,०८१  ४,८९५
फ्रान्स ९८,०१० ८,९११ १७,२५० ७,०७२
चीन ८१,७४० ३,३३१ ७७,१६७ २११
ईरान ६२,५८९ ३,८७२ २७,०३९ ३,९८७
बेलायत ५१,६०८ ५,३७३ १३५ १,५५९
टर्की ३०,२१७ ६४९ १,३२६ १,४१५
स्विजरल्याण्ड २२,२४२ ७८७ ८,०५६ ३९१

प्रस्तुत तथ्यांक वर्डोमिटर्स डट इन्फोबाट लिइएको हो

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top