कोरोना महामारी : देशभर ९ हजार बढी क्वारेन्टाइनमा, एक सय जना आइसोलेसनमा

Last Updated on

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) आशंकामा अहिलेसम्म देशभर ९ हजार बढी क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड-१९ आशंकामा अहिलेसम्म देशभर ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा राखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार अहिले काठमाडौं उपत्यकामा १६ जना र बाहिर ८४ जना गरेर एक सय जना आइसोलेसनमा छन् । अहिलेसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये एकजना निको भएका छन् ।

अहिले काठमाडौं बाहिरका ९ ठाउँमा कोरोना परीक्षण सुरु भएको छ । सरकारले कोरोना संक्रमण बढी देखिएको कञ्चनपुर र कैलालीमा परीक्षणको दायरसमेत बढाएको छ ।

‘कोरोना परीक्षणको दायर बढाउने क्रममा कञ्चनपुर र कैलालीमा र्यापिड किट र स्वाबको नमुना संकलनको काम भइरहेको छ’, प्रवक्ता देवकोटाले भने, ‘अहिलेसम्म आज कञ्चनपुरमा २१ र कैलालीमा १८ जनाको नमुना संकलन भएको छ। ’

त्यसैगरी जुम्ला र अछाममा पनि स्वाबको नमुना संकलन सुरु भएको छ । प्रवक्ता देवकोटाले ४ सय ५० बढी नमुना संकलनको लक्ष्य लिएको जानकारी दिए। अहिले हरेक जिल्लाका चारचार ठाउँबाट नमुना संकलन भइरहेका छन् ।

PRESS BRIEFING || MINISTRY OF HEALTH AND POPULATION || 2076/12/25

PRESS BRIEFING || MINISTRY OF HEALTH AND POPULATION || 2076/12/25

Nepal Television ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಮಂಗಳವಾರ, ಏಪ್ರಿಲ್ 7, 2020

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top