हाइड्रोसिक्लोरोक्विन अमेरिका निर्यात नगरे भारतमाथि बदला लिने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले कोविड-१९ को परीक्षणका लागि प्रयोग हुनसक्ने मलेरियाको औषधि हाइड्रोसीक्लोरोक्विन् अमेरिकालाई उपलब्ध नगराए भारतमाथि बदला लिने चेतावनी दिएका छन् । सोमबार रिपोर्टरहरुसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । गत शनिबार मात्रै उक्त एन्टीमलेरियल औषधि निकाशीमा भारत सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको टेलीफोन सम्वादलगत्तै समाचारदाताहरुलाई यस्तो बताएका हुन् । मोदीले उक्त औषधि अमेरिका नपठाए त्यसको परिणाम राम्रो नहुने उनले बताएका थिए । तर ट्रम्पले अहिलेसम्म मोदी सो सम्बन्धमा अन्तिम निर्णयमा पुगे नपुगेको बारेमा भने आफू अनविज्ञ रहेको बताएका थिए ।

‘मलाई भारत सरकारको एन्टी मलेरियल औषधि बाहिर पठाउन रोक लगाउने निर्णय मन परेको छैन । मोदीले नै सो निर्णय लिएका हुन् भनेर मैले सुनेको छैन, मलाइ सो निर्णय अन्य देशहरुको लागि मात्र लिइएको हो भन्ने थाह छ’, उनले भारतीय प्रधानमन्त्रीकै रेफरेन्स दिँदै भनेका थिए । उनले अझ अगाडि बढेर भने, ‘यदि मोदीले नै यो निर्णय लिएका हुन् भने मलाई उदेक लाग्नेछ । किनभने अमेरिकासंग भारतको राम्रो सम्बन्ध छ र भारतीयहरुले अमेरिकाबाट व्यापारमा प्रसस्त मात्रामा फाईदा उठाएका छन् ।’

ब्लुम्बर्गका अनुसार सो औषधि भारतीय उत्पादकहरुले आधाजसो परिमाण अमेरिकालाई उपलब्ध गराई रहेका थिए । राष्ट्रपति ट्रम्पले बारम्बार यो औषधि कोरोना भाइरस विरुद्ध सम्भावित औषधि हुने दावी गर्दै आइरहेका छन् । यद्यपि यसको प्रभावकारिता अत्यन्त झिनो देखिएको थियो । यो औषधि अमेरिकाको न्युयोर्क र मिसिगन राज्यमा अहिले प्रयोगमा छ । गत आइतबार एक अमेरिकी सर्जन जनरल जेरोम एडाम्सले शुरुमा यो औषधि केही प्रभावकारी देखिएको बताएका थिए ।

सप्ताहान्तमा मोदीसंग फोन सम्पर्क गरेका ट्रम्पले हाइड्रोसिक्लोरोक्विनको अमेरिकी बजारको प्रबाहलाई गम्भिरतापूर्वक आत्मसात गर्न मोदीसँग माग गरेको जानकारी दिएका थिए । सो अवसरमा उनले आफूहरुले अर्डर गरे अनुसारको सामान पठाएमा अमेरिकाले यसको गुण मान्नेसमेत बताएका थिए ।

तर भारतीय प्रधानमन्त्रीले यसमाथिको प्रतिबन्ध हटाउन अझै बाँकी रहेको भारतीय विदेश मन्त्रालयको भनाइ छ । विदेश मन्त्रालयले अमेरिकाबाट त्यस्तो अनुरोध आएको पनि बताएको छैन ।

भारतमा कोरोन भाइरस महामारी बढदै गएपछि सो औषधिमाथिको बिक्रिमा प्रतिबन्ध लागेको थियो । तर सोमबार दिउँसोसम्ममा भारत सरकारले सो औषधि अमेरिका निकाशी गर्ने अनुमति दिएको भारतीय संचारमाध्यमहरुले बताइरहेका छन् ।

अमेरिकी सरकारको यस्ता चेतावनीको भारतीय संसदमा बिपक्षी नेता राहुल गान्धीले भने विरोध गरेका छन् । धम्की र चेतावनीले सम्बन्ध अगाडि नबढ्ने बताउदै उनले सरकारलाई आफ्नो देशको आवश्यकतामाथि पहिलो  प्राथमिकता दिन सुझाव दिएका छन् ।

(एजेन्सीहरुको सहयोगमा)

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top