अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख १८ गतेसम्म बन्द

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय उडान सेवालाई बैशाख १८ गतेसम्म बन्द गर्ने भएको छ । यसअघि सरकारले चैत ९ गते मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

नोभल कोरोना रोगथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले कमर्सियल उडानलाई रोक लगाएको भएपनि उद्धार, मेडिकल लगायत मानवीय सहायता सम्बन्धी चार्टर र कार्गो उडान भने सञ्‍चालन हुने बताइएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top