सार्क क्षेत्रमा कोरोना महामारी : झण्डै दुई सयको मृत्‍यु, आठ हजार बढी संक्रमित (अपडेट)

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को महामारीले विश्वव्यापी रुप लिइरहेका बेला दक्षिण एसियाली (सार्क) मुलुकहरुमा पनि भाइरस संक्रमणको प्रभाव बढिरहेको छ । विशेष गरि भारत र पाकिस्तानमा कोरोना संक्रमण व्यापक रुपमा बढिरहेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सार्कका अन्य राष्ट्रहरुको तुलनामा भारतमा बढी छ । शुक्रबार  दिउँसोसम्म भारतमा मृत्यु हुनेको संख्या ११८ पुगिसकेको छ । पछिल्लो केही दिनयता भारतमा मृत्यु हुनेको संख्या ह्वातै वढेको हो । भारतमा हालसम्म चार हजार ३१४ संक्रमित भेटिएका छन् ।

सार्ककै अर्को देश पाकिस्तानमा पनि कोरोना संक्रमण अप्रत्यासित रुपमा बढिरहेको छ । पाकिस्तानमा तीन हजार २७७ संक्रमित छन् भने ५० जनाको मृत्यु भैसकेको छ ।

कोरोना संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा नेपाल र भूटानमा संक्रमितको संख्या एकदम न्यून छ । माल्दिभ्ससहित नेपाल र भूटानमा अहिलेसम्म एक जनाको पनि मृत्यु भएको छैन ।

हेर्नुस् सार्क मुलुकमा कोरोना महामारीको पछिल्लो अवस्था

देश संक्रमित मृत्यु उपचार गम्भीर विरामी
भारत ४३१४ ११८ ३२८
पाकिस्तान ३२७७ ५० २५७ १७
अफगानिस्तान ३६७ १७
श्रीलंका १७६ ३४
बंगलादेश १२३ १२ ३३
माल्दिभ्स १९ १३
नेपाल
भूटान

प्रस्तुत तथ्यांक वर्डोमिटर्स डट इन्फोबाट लिइएको हो

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top