यूरोपियन यूनियनद्वारा क्युवालाई धन्यवाद

यूरोपियन पार्लियामेन्टले कोरोना भाइरस विरुद्धको विश्वव्यापी अभियानमा एक्यवद्धता जनाएकोमा क्युवालाई धन्यवाद दिएको छ । गत शुक्रबार यूरोपियन पार्लियामेन्टको फ्रेन्डसिप एण्ड सोलिडारिटी ग्रुपले धन्यवाद दिएको हो । कोविड-१९ महामारीबाट आक्रान्त पुरानो संसारलाई सहयोग गर्न आफ्नो देशको मेडिकल ब्रिग्रेड पठाउने क्युवा सरकारको नीतिको प्रशंसा गर्दै यूरोपियन यूनियनले धन्यवाद दिएको हो ।

‘हामीहरु यस माहामारीलाई परास्त गर्न क्युवा सरकारबाट देखाइएको एक्यवद्धता र त्यहाँका जनताहरुको यस्तो परोपकारी भावनाको सह्राना गर्दै उनीहरुको सहयोग आत्मसात गर्दछौं’, गत १९ फेब्रुअरीमा गठित सो समूहले बताएको छ ।

यूरोपियन पार्लियामेन्टका सद्स्यहरुले महामारीबाट आक्रान्त इटालीको लोम्बार्डि र संगैको सानो देश एण्डोरामा क्रमश:  ५० र ४० जना चिकित्सकहरु क्युवा सरकारले खटाएको कुरालाइ उच्च मूल्यांकन गरेका थिए ।

सार्स (कोरोना-२) को बेलामा समेत आफूमाथि अमेरिकाद्वारा लगाइएको आर्थिक, व्यापारिक र बित्तिय नाकाबन्दीको बाबजुद पनि क्युवाले देखाएको उदात्त भावनाको उनीहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए । क्युवामाथि अमेरिकाले बिगत छ दशकदेखि नाकाबन्दी थोपर्दै आएको छ ।

सन् १९६३ देखिनै क्युवाले बेला बखतमा देखा पर्ने सिरियस हेल्थ क्राइसिसहरुका विरुद्ध विश्वका १६४ देशहरुमा चारलाख भन्दा बढी स्वास्थ्यकर्मीहरु परिचालन गर्दै आएको इतिहास छ । सन् २००५ मा पाकिस्तानमा आएको भूकम्पपश्चात पीडितहरुलाई पुर्याएको मेडिकल सहायता, सन् २०१० मा हैटिमा आएको भूकम्प र लगत्तैको हैजा नियन्त्रणको लागि पठाएको सहयोग र सन् २०१४ मा पश्चिमी अफ्रिकामा निस्केको इबोला महामारी नियन्त्रणको लागि पुर्याएको योगदानलाई युरोपियन संसदका सद्स्यहरुले उल्लेख गरेका छन् ।

यूरोपियन पार्लियामेन्टका फ्रेन्डसिप एण्ड सिलोडारिटि ग्रुपमा आबद्ध सद्स्यहरुले क्युवाली चिकित्सकहरुले ल्याटिन अमेरिकी तथा क्यारिबियन देशहरुका स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको पनि स्मरण गरेका थिए ।

क्युवा संसारमै सबैभन्दा राम्रो हेल्थ केयर सिस्टम भएको देश मानिन्छ । त्यहाँ पुरानो सोभियत हेल्थ सिस्टमको अनुकरण गरिएको थियो । त्यो सिस्टम अहिले पनि यथावत छ ।

(एजेन्सीहरुको सहयोगमा)

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top