प्रिमाकोभले पुटिनलाइ झन्डै बर्खास्त गरेका थिए

क्रेमलिनका एकजना पुर्ब अधिकारिले दावी गरे अनुसार अहिलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको राजनैतिक इतिहास झन्डै समाप्त भैसकेको थियो । ति अधिकारिको दावी अनुसार तत्कालिन शक्तिसाली प्रधानमन्त्री एभ्गेनी प्रिमाकोभले पुटिन रसियाको गुप्तचर संस्था फेडेरल सेक्युरिटी सर्भिसको प्रमुख हुँदा उनलाई दुइपटक उनको पदबाट निष्कासन गर्ने प्रयास गरेका थिए ।

पुटिन सन् १९९८ को सेप्टेम्बर देखि १९९९ को मे महिनासम्म गुप्तचर बिभाग ( एफ एस बि ) को प्रमुख भएका थिए । उनको खरायो गतिमा भएको प्रगतिले उनलाई देशको पहिलो उपप्रधानमन्त्रि बनायो । त्यसको लगत्तै उनि प्रधानमन्त्री बनाइए । र अन्त्यमा ३१ डिसेम्बर १९९९ का दिन तत्कालिन रुसी राष्ट्रपति बोरिस एल्त्सिनले आश्चर्यजनक ढंगले राजिनामा गरेपछि उनि देशको कार्यबाहक राष्ट्रपति बनेका थिए ।
तर एल्त्सिन प्रशासनका प्रमुख भ्यालेण्टिन युमाशेभले दावी गरेअनुसार बर्तमान राष्ट्रपतिको जिबन कथा बेग्लै हुनसक्ने सम्भाबना थियो । तत्कालिन प्रशासनका यी उच्च अधिकारिले एकजना नाम चलेका रसियन मुलका अमेरिकी पत्रकार भ्लादिमिर पोज्नरलाइ दिएको एक सिधा अन्तर्वार्तामा ९० को दशकको अन्त्यतिर तत्कालिन क्याबिनेटमा भएका ‘ नाटक ‘ हरुलाइ उधृत गर्दै यसो भनेका थिए ।

जतिबेला पुटिन गुप्तचर प्रमुख थिए त्यतिबेला सोभियतकालका नामी र प्रभाब्साली कुटनीतिज्ञ एभ्गेनी प्रिमाकोभ रुसका प्रधानमन्त्री थिए । उनि सन् १९९९ को मार्च महिनामा अमेरिका जाँदै थिए । उनको जहाज एटलान्टिक महासागरको माथि उडिरहदा उनले नाटोले युगोस्लाभिया माथि बमबारी गरेको खबर सुनेर जहाजका पाइलटलाइ बीच आकाश बाटै फर्काएर रुस तर्फ मोड्न आदेश दिएका थिए । यसरि प्रिमकोभ अमेरिकाको स्टेट भिजिट नै रद्द गरेर स्वदेश फर्ने व्यक्तित्व हुन । उनलाई रुसमा एल्त्सिनको उत्तराधिकारी समेत मान्ने गरिन्थ्यो । कुनै एकसमयमा उनि पुटिनको कडा प्रतिष्प्रर्धी मानिन्थे । सन् २००० को राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्ने उनको गहिरो इच्छा थियो ।

युमाशेभले कुनै विवरण पेश नगरी एल्त्सिनले प्रिमाकोभलाइ राष्ट्रपतिमा उठ्न स्वीकृति दिनेवाला थिएनन् भनेका थिए । तर कुराकानीको क्रममा युमाशेभले एल्त्सिनले यी सोभियत स्टायलका शक्तिसाली प्रधानमन्त्रीलाइ केहि स्वेच्छाचारी व्यक्तिको रुपमा लिने गरेका थिए । एल्त्सिन यस्ता व्यक्तिलाई रुसको भावी नेताको रुपमा देख्न रुचाउदैनथे भन्ने उनको मनसाय थियो ।

सन् १९९८ मा युमाशेभ आफु र पुटिन बीच भएको फोनकलको पहेली पनि खोलिरहेका देखिन्थे । युमाशेभले आफुलाई तत्कालिन तत्कालिन एफएसबिका डाइरेक्टरको हैसियतमा पुटिनले तत्कालिन प्रधानमन्त्री प्रिमाकोभसंग अति जरुरि कुरा गर्न भनेका कुराको खुलाशा गरेका थए । पुटिनले आफुलाइ सो फोनकलको दौरान प्रधानमन्त्री प्रिमाकोभले बिपक्षी याभ्लोको पार्टीका नेता ग्रेगरि याभ्लिन्स्किमाथि गुप्तचरी गर्न पुटिनलाइ आदेश दिएका कुरा बताएका छन् ।

पुटिनले आफु यस्ता क्रियाकलापको बिरुद्ध रहेको बताएका थिए । यदि राष्ट्रपति एल्त्सिनले समेत यसरि राजनैतिक बिपक्षीहरु माथि निगरानी राख्न आदेश दिएको भए आफु राजिनामा दिन समेत तयार रहेको पुटिनले सो फोन कुराकानी अवसरमा बताएको युमाशेभको भनाइ थियो । युमाशेभले मात्रै राष्ट्रपतिको सो मुद्दामा कस्तो धारणा छ भन्ने जानेको हुनुपर्छ भन्ने पुटिनको अनुमान थियो ।

अन्त्यमा गएर प्रिमाकोभले राष्ट्रपतीय चुनावी दौडबाट पछि हटेर पुटिनकै सहयोगी बन्न पुगे । पछि त् प्रिमाकोभ पुटिनका सबैभन्दा विश्वासनीय सल्लाहकार बनेका थिए । प्रिमाकोभको निधन सन् २०१५ मा ८५ बर्षको उमेरमा भएको थियो ।

मस्कोमा विदेश मन्त्रालयको अगाडी पट्टि पुर्ब प्रधानमन्त्री एभ्गेनी प्रिमाकोभको मुर्तिको अनावरण गर्दै पुटिनले प्रिमकोभलाइ ” बिशाल व्यक्तित्वको धनि ” भन्दै प्रशंसा गरेका थिए /

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top