ब्रिटेनमा महामारीबाट मर्नेहरुको संख्या चीनको भन्दा धेरै

ग्रेट ब्रिटेनमा आज अप्रिल ४ को ग्रीनवीच समय अनुसार बिहानको ०४:४५ सम्ममा कोविद – १९ महामारीबाट मृत्यु बरण गर्नेहरुको संख्या ३,६०५ पुगेको छ । अघिल्लो दिनमा भन्दा यो संख्या ६८४ अर्थात् २३ प्रतिसतको बढोत्तरी हो । अप्रिल ३ सम्म ब्रिटेनमा १,७३,७३८ जनाको परिक्षण गरिएकोमा ३८,१६८ जनामा कोरोना भाइरस पोजिटिभ भेटिएको थियो ।

इङ्ग्ल्याण्डको नेसनल हेल्थ सर्भिस ( एन एच एस ) का नेसनल मेडिकल डाइरेक्टर स्टेफेन पोविसले गत बिहिबार डाउनिङ्ग स्ट्रिटमा दिएको जानाकारी अनुसार उच्चमृत्यु दर अझै केहि हप्ता रहनेछ ।

पोविसले संक्रमण दर शुरुमा असाध्यै न्यून थियो समेत भनेका थिए । ब्रिटिश सरकारका बैज्ञानिकहरु समेतले ब्रिटेनले मृत्यु संख्या २०, ००० मै सिमित पार्न सकेमा त्यसलाइ उपलब्धि मान्नु पर्ने धारणा राखेका थिए ।
ब्रिटिश स्वास्थ्यमन्त्रि म्याथ्यु ह्यान्ककले शुक्रबार आफुले विज्ञहरुको रिपोर्ट माथि कुनै टिप्पणी नगर्ने समेत बताएका थिए । विज्ञहरुको रिपोर्टमा अप्रिल १२ का दिन महामारी अत्यन्त उच्च बिन्दुमा पुग्ने बताइएको तथ्य ब्रिटिश समाचार एजेन्सी रायटरले बताएको छ ।

तथ्यांकको अनुसार अहिलेसम्म महामारीबाट सबैभन्दा धेरै मानिसहरुले ज्यान गुमाउनेहरुको सुचिमा क्रमश : इटाली , स्पेन , अमेरिका , फ्रान्स , ब्रिटेन , चीन र इरान परेको देखिएको छ । चीनमा भन्दा इरानमा ३२ जना कमले मात्र ज्यान गुमाएको देखिन्छ भने ब्रिटेनमा २७९ जना बढीको मृत्यु हुन पुगेको छ । सबैभन्दा पहिला अत्यधिक संक्रमित देश चीनमा जम्माजम्मी ३,३२६ जनाको मृत्यु भएको रेकर्ड छ । चीनमा अहिले लगभग यो महामारी साम्य भैसकेको अवस्था छ भने युरोप अमेरिका तिर यसले ताण्डब देखाइरहेको स्थिती छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top