अमेरिकाले जर्मनीकोलागि आएको सामान छिनेर लिनु आधुनिक डकैति : बर्लिन सिनेटर

कोविद- १९ को महामारी बढ्दै गैरहेको बेला अमेरिकाले आफ्ना सहयोगी देशको लागि पठाइएका भाइरसबाट बच्न प्रयोग हुने सामानहरु एक पछि अर्को गर्दै आफ्नो पक्षमा पार्ने गलत हर्कत गर्दै आइरहेको छ । जर्मनीको लागि सिपमेण्ट भएर ब्याङ्कक आइपुगेको सामान छिनेर अमेरिका पठाएको जनाइएको छ ।

यस्तो प्रकारको क्रियाकलापलाइ बर्लिनका एक सिनेटरले ” आधुनिक जमानाको डकैति ” को संज्ञा दिएका छन् ।

यसहप्ता अमेरिकामा कोरोना भाइरसका पोजिटिभ देखिएका केसहरु २,५०,००० नाघेपछि ह्वाइटहाउसले कोरोनाबाट सुरक्षित हुने सामानहरु बनाउने कम्पनि ३एम माथि दबाब हाल्दै त्यस्ता सामानहरु आफ्ना चीन स्थित फ्याक्ट्रीहरुबाट अबिलम्ब आपूर्ति गर्न भनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले गत बिहिबारका दिन सार्बजनिक रुपमै ३एमले अमेरिकामा ति सामानहरु आपूर्ति गर्न सकेन भने ‘ ठुलो मुल्य चुकाउनु पर्ने ‘ चेतावनी दिएका थिए । यस्ता परिदृश्यहरु अगाडी आएपछि अमेरिकी अधिकारीहरुले मास्कहरु अनुचित तवरले प्राप्त गरिरहेको समाचारहरु बाहिर आइरहेका छन् ।

दुइ लाख मास्कहरुको एकखेप जर्मनीको राजधानी बर्लिन पठाउने गरि यसैहप्ता थाइल्याण्डको राजधानी ब्याङ्कक आइपुगेको थियो । तर ति मास्क बर्लिन पुग्नै नपाएको र ति मास्कहरुको भारि सबै लुटेर अमेरिका पठाइएको बर्लिनका सिनेटर एन्द्रेस गेइसेलले जर्मन संचार माध्यम डेर तगेसस्पैगेललाइ शुक्रबार बताएका थिए ।
” हामि यसलाई आधुनिक जमाना को डकैतिको रुपमा लिन्छौं । ट्रान्सएटलान्टिक पार्टनरले यस्ता कुकर्म गर्नु हुदैनथ्यो ” गेइसेलको भनाइ थियो ।

बर्लिन पुलिस प्रमुख बारबारा स्लोविकले तगेसस्पैगेललाइ बताए अनुसार ३एम् कम्पनिले ‘ अमेरिकी सरकारको ब्यापार नीति ‘ को कारण सो सिपमेन्टलाइ अमेरिका तर्फ सोझ्याइएको हुनुपर्छ भनेकी छन्। तर ३एम कम्पनिले यस आरोपलाइ अस्विकार गरेको छ भने ह्वाइटहाउसका प्रवक्ताले यो आरोप ‘ पुरै गलत ‘ भएको बताएको कुरा अर्को जर्मन पत्रिकाले लेखेको छ ।

अमेरिकाद्वारा अर्को देशकोलागि सिपमेन्ट भएको सामान छिनेर लिएको यो पहिलो पटक होइन । गतहप्ता क्यानाडामा मास्कको भारि लोड गरेर अस्पताल तर्फ जाने लागेको एक लरीपनि अमेरिकीहरुले ओहायो तर्फ मोडेर लगेको क्यानाडाको ‘ ले जर्नल डे मोंट्रेल ‘ भन्ने पत्रिकाले रिपोर्टिंग गरेको थियो । तर सिपिंग कम्पनिले कम्प्युटरको गल्तीका कारण यस्तो हुन पुगेको भन्दै फिर्ता पठाएता पनि अस्पतालका सप्लाएर फान झोउ दशहजार मास्क कम आएको बताएका थिए ।

यसैहप्ता पनि शंघाईबाट फ्रान्सको लागि मास्क लोड गरेर उड्न तयार भएको एक प्लेनपनि अमेरिकीहरु कै कारणले फ्रान्स जान नसकेको अर्को घटना भएको थियो । अमेरिकीहरुले एयरपोर्टको पिच मै गएर सामानको तेब्बर मुल्य दिएर सो जहाजलाइ अमेरिका तर्फ उडाएका थिए । यो गत बुधबारको घटना थियो ।

अमेरिका , जर्मनी र फ्रान्स तिनवटै देशहरु महामारीबाट सबैभन्दा बढी संक्रमित छ वटा देश मध्येमा पर्दछन । अमेरिकामा २,६०,००० , जर्मनीमा ९०,००० र फ्रान्समा ६४,००० कोरोना पोजिटिभ केसहरु देखिएका छन् । तर मृतकको संख्या भने अमेरिका र फ्रान्समा बढी र जर्मनीमा कम देखिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top